अर्धशतक प्रहार गरेका विराटनगरका दुबै ओपनर आउट « Khabarhub

अर्धशतक प्रहार गरेका विराटनगरका दुबै ओपनर आउट


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा अहिले विराटनरग किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अहिले सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउँदै विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ । अहिले विराटनगरको लय विस्फोटक देखिएको छ । विराटनगरका दुबै ओपनर अर्धशतक प्रहार गरी आउट भएका छन् ।

फाफ डु प्लेसीले अर्धशतक प्रहार गरेलगत्तै आउट भएका छन् । अभिनाश बोहराले ७ ओभर १ बलमा बोल्ड गर्नुअघि फाफले २० बलमा अर्धशतक पूरा गरे । यस क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

फाफ आउट भएपछि उनको स्थानमा मार्टिन गप्टिल क्रिजमा आएका छन् ।

त्यसैगरी, विराटनगरका अर्का ओपनर साम हेज्लेटले पनि अर्धशतक पूरा गरी आउट भए । ८ ओभर २ बलमा हरमित सिंहको बलमा उनी ‘कट बिहाइन्ड’ भए । आउट हुनुअघि उनले २७ बलमा ५१ रन बनाए ।

यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे । हेज्लेटको स्थानमा बसिर अहमद क्रिजमा आएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १ : ४१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने