अदानचुलीका सडक स्तरोन्नति गरिँदै « Khabarhub

अदानचुलीका सडक स्तरोन्नति गरिँदै


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अदानचुली– अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ । 

सडकको ट्रयाक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो ।

गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएलगत्तै निरन्तर रूपमा काम भइरहेको छ । 

कर्णाली करिडोरको सडक निर्माण गरिएको स्थान (जिरो पोइन्ट) गल्फागाडबाट सुरु भएर श्रीनगरस्थित गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने स्थान नजिकैको मोडसम्म करिब नौ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने भएको छ ।

अहिले गल्फागाडबाट सडक चौडा बनाउने, ग्याविन लगाउने, नाला खन्ने काम स्काभेटर र कामदारबाट धमाधम भइरहेको छ । विश्वबैंको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको लम्बाइ नौ दशमलव नौ किलोमिटर रहेको छ । 

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले काममा केही ढिलाइ हुने देखिएपछि दुई सिफ्टमा सडकको स्तरोन्नति गर्ने काम अगाडि बढाउने विषयमा निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए। उक्त सडकको स्तरोन्नति गर्ने काम पूरा भएपछि कालोपत्रको काम सुरु गरिनेछ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ३ : १३ बजे

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र

अमेरिका–युक्रेनबीच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य