चितवनले सस्तैमा गुमायो तीन विकेट « Khabarhub

चितवनले सस्तैमा गुमायो तीन विकेट


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अहिले चितवनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

पहिले ब्याटिङ गरेको चितवनले लगातार विकेट गुमाएको छ । चिवतनले सस्तैमा तीन विकेट गुमाइसकेको छ । खेलको दोस्रो ओभर मै चितवनले दुई विकेट गुमायो ।

१ ओभर २ बलमा चितवनका अर्जुन साउद आउट भए । उनलाई धनञ्जय लक्षनले बोल्ड गरे । सोही ओभरको ६ बलमा अर्का ओपनर डाविड मलानलाई पनि लक्षनले आउट गरे ।

आउट हुनुअघि मलानले ९ बलमा ५ रन जोडे । त्यसैगरी, खेलकोे २ ओभर १ बलमा रवि बोपारा पनि आउट भए । विपिन खत्रीको बलमा उनी कप्तान कुशल भुर्तेलको हातबाट क्याच आउट भए । आउट हुनुअघि उनले २ बलमा एक रन जोडे ।

यी दुबै टोली लिग चरणबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ०१ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि