चितवनले सस्तैमा गुमायो तीन विकेट « Khabarhub

चितवनले सस्तैमा गुमायो तीन विकेट


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अहिले चितवनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

पहिले ब्याटिङ गरेको चितवनले लगातार विकेट गुमाएको छ । चिवतनले सस्तैमा तीन विकेट गुमाइसकेको छ । खेलको दोस्रो ओभर मै चितवनले दुई विकेट गुमायो ।

१ ओभर २ बलमा चितवनका अर्जुन साउद आउट भए । उनलाई धनञ्जय लक्षनले बोल्ड गरे । सोही ओभरको ६ बलमा अर्का ओपनर डाविड मलानलाई पनि लक्षनले आउट गरे ।

आउट हुनुअघि मलानले ९ बलमा ५ रन जोडे । त्यसैगरी, खेलकोे २ ओभर १ बलमा रवि बोपारा पनि आउट भए । विपिन खत्रीको बलमा उनी कप्तान कुशल भुर्तेलको हातबाट क्याच आउट भए । आउट हुनुअघि उनले २ बलमा एक रन जोडे ।

यी दुबै टोली लिग चरणबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ०१ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई