‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन, एउटै धारा कुर्नुपर्ने बाध्यता हट्यो « Khabarhub

‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन, एउटै धारा कुर्नुपर्ने बाध्यता हट्यो


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन –  अघिल्लो वर्षसम्म भलकोट र बुढाथोक गाउँमा खानेपानीको समस्या थियो । एउटा धाराबाट १० घर परिवारले पानी भर्नुपर्ने बाध्यता थियो । तर अहिले हरेकको घरमा धारा बनेका छन् । 

घरै छेउको धारामा पानी आउन थालेपछि स्थानीय दङ्ग छन् । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने यस गाउँमा एक घर, एक धारा बनेपछि स्थानीयको दैनिकी नै फेरिन थालेको छ । 

पहिले एक गाग्री पानी भर्नका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । भल्कोट र बुढाथोक गाउँका करिब १०० घरमा एक घर, एक धारा निर्माण भएर गरेर सञ्चालनमा आएपछि फोहर पानी उपभोग गर्न नपरेको स्थानीय पवित्रा घर्तीमगरले बताइन्। वर्षौं अगाडि बनेका धाराबाट गाउँलाई पानी नपुग्दा खोला र कुलोबाट पानी भर्नु परेको भन्दै अहिले घरैकै धारामा पानी भर्न पाइने उनले सुनाइन्।

उनले भनिन् ‘खानेपानीको धेरै समस्या थियो, गाउँमा ठूलो बस्ती छ, दिनप्रति दिन मान्छे बढिरहेका छन्, पानी सुक्दै जाँदा धेरै समस्या भएको थियो, धारामा सानो पानी आउने, त्यसमा पनि धेरैले एकैपटक पानी भर्न खोज्दा लाइनमा बस्नुपथ्र्यो, सरसफाइ गर्न र बस्तुभाउ खुवाउनका लागि पनि गाह्रो थियो, अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन, यसको मर्मतसम्भार त निरन्तर गरिराख्‍नु पर्‍यो ।’

अर्का स्थानीय पुनीकला पुनले स्थानीयलाई खानेपानी लिन, नुहाउन र कपडा धुनका लागि निकै समस्या हुने गरेको भन्दै अहिले धेरै सहज भएको बताइन् । अब घरमै धारा बनेपछि खानेपानीको समस्या समस्या नहुने उनको भनाइ छ । अहिले गाउँको कुनै पनि घरमा खानेपानीको समस्या नभएको घर्ती बताउँछिन् । स्थानीय सरकारले खानेपानीमा निकै राम्रो काम गरेको उनले सुनाइन्।

गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहलगानीमा यस गाउँमा एक घर, एक धारा सञ्चालनमा आएको हो । भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । 

उक्त गाउँमा एक घर, एक धारा निर्माण गर्न नेवाको १३ लाख ३० हजार ११३, गाउँपालिकाको रु सात लाख सात ७७७ र जनश्रमदान रु आठ लाख छ हजार ३७१ गरी कूल २८ लाख ३७ हजार २६१ मा ५५ धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए ।

भल्कोट गाउँमा चार हजार ९१५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी लिएर घरघरमा पुर्‍याएको उनको भनाइ छ । बुढाथोकमा भने नेवाको रु ११ लाख ५५ हजार १५, गाउँपालिकाको छ लाख ६४ हजार ९५५ र जनश्रमदान रु छ लाख ५७ हजार ९०८ गरी कूल रु २४ लाख ७७ हजार ८७८ मा ३९ धारा निर्माण गरेको उनले जानकारी दिए । 

यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेका मुहानबाट पाइप लाइनमार्फत घरघरमा पानी पुर्‍याइएको अध्यक्ष घर्तीमगरले जानकारी दिए।

“यस ठाउँका नागरिकलाई खानेपानीको ठूलो समस्या थियो, पहिले कम जनसङ्ख्या थियो, पुगेको थियो, पछि जनसङ्ख्या बढ्दै गएपछि पानीले पुग्न छोड्यो, सरसफाइ र अन्य प्रयोजनका लागि पानी नपुगेपछि हामीहरूले नेवा संस्थासँग सहकार्य गरेर अहिले धारा निर्माण गरेर सञ्चालनमा आएको छ”, अध्यक्ष घर्तीमगरले भनिन्, “यस ठाउँबाहेक पानीको समस्या भएको अरु क्षेत्रमा पनि खानेपानीको आयोजना सञ्चालन भइरहेका छन् ।”
 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ३ : ५७ बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा