मोरङ प्रहरीद्वारा ५ हजार केजी गाँजा नष्ट « Khabarhub

मोरङ प्रहरीद्वारा ५ हजार केजी गाँजा नष्ट


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा पक्राउ गरेको करिब ५ हजार किलो गाँजा नष्ट गरेको छ । 

मोरङ प्रहरीले आर्थिक वर्ष २०८०-८१ देखि हालसम्म पक्राउ गरेको गाँजा नष्ट गरेको हो । नष्ट गरिएको गाँजाको मूल्य करिब दुई करोड रुपैयाँ बराबर हुने बताइएको छ ।

कानुनी प्रक्रिया र प्राविधिक कारणले लामो समय थुप्रिएका गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले जानकारी दिए ।

उनले पहिले गाँजा जलाउने गरिएको भएपनि त्यसबाट वातावरणीय प्रदुषण हुने भएकाले यसपटक आफ्नै परिसरमा गाडिएको बताए ।  बढी मूल्य र फाइदा हुने भन्दै गाँजा नेपालबाट भारत तर्फ चोरी तस्करी हुने प्रमुख वस्तुमा पर्दछ । 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ०० बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा