दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन् । 

प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उनले बताएका छन्। 

तीन जना बन्दुकधारीहरू बिहान ४ः३० बजे छात्रवास परिसरमा प्रवेश गरी पुरुषहरूको समूहमा अन्धाधुन्ध गोली हानेको जनाइएको छ । उनले गोली हानाहानको उद्देश्य पत्ता लगाउन नसकिएको उल्लेख गर्दै अहिले सम्म कसैलाई पनि पक्राउ नगरिएको बताए ।  

दक्षिण अफ्रिकाको सबैभन्दा औद्योगिक राष्ट्र दक्षिण अफ्रिका सङ्गठित सञ्जालद्वारा सञ्चालित अपराध र भ्रष्टाचार सँग जुझिरहेको जनाइएको छ ।

मुलुकमा धेरै मानिसहरूसँग व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियारहरू रहेको तर  धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेको जनाइएको छ । 

प्रहरीका अनुसार आक्रमणका कारण गत अप्रिल देखि सेप्टेम्बर सम्म प्रत्येक दिन करिब ६३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ५८ बजे

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा

धादिङको धुनीबेंसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रूपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

खोटाङ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी

नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म