पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह « Khabarhub

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गरेका छन् ।

शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै ओलीले आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न चेतावनी दिए । ‘फेरी पनि आगो लगाएर सरकार बनाउने ? फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उनले भने ।

ओली यस पटकको महाधिवेशन एमाले विरुद्धको चौतर्फी घरेबन्दी तोड्ने र एमाले फेरि अघि बढ्ने बताए । एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्क्रब्यूहमा पारौँला भन्ने नसोच्न उनले आग्रह गरे । ‘एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ’, ओलीले भने ।

फागुन २१ मा चुनाव नहुने बताउँदै ओलीले अहिले एमाले सरकारको चक्करमा पनि नरहेको बताए । ओलीले एमाले चुनावको प्रतीक्षामा रहेको बताउँदै अब हुने चुनाव पछि एमालेको सरकार बन्ने दाबी गरे । ‘अरू पुराना दल के गर्छन् थाहा छैन, एमाले त आयो आयो’, उनले भने ।

एमालेको ११ औ माहाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा मानिसहरू नअट्ने बताउँदै ओलीले जे जस्तो हुन्छ त्यसै गरी व्यवस्थापन गर्नुपर्ने बताए । एमालेको महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा उनले जोड दिए । उनले कार्यक्रम स्थलमा आउने बाटो र ठाउँ नपुगेर धादिङ, नुवाकोट, बनेपा वा दक्षिणकाली तिर छुट्टै कार्यक्रम गरेर फर्कनु पर्ने स्थिति पनि आउन सक्ने बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ५६ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक