जनसङ्ख्या बढाउने प्रयास गरिरहेको चीनले गर्भनिरोधक सामग्रीमा कर बढाउने « Khabarhub

जनसङ्ख्या बढाउने प्रयास गरिरहेको चीनले गर्भनिरोधक सामग्रीमा कर बढाउने


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनसङ्ख्या बढाउने प्रयास गरिरहेको चीनले गर्भनिरोधक सामग्रीमा कर बढाउने भएको छ । अब चीनमा कण्डमजस्ता सामानमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने भएको छ ।

नयाँ कर आगामी जनवरी महिनादेखि लागू हुनेछ । यसका लागि चीनले मूल्य अभिवृद्धि करको नियमनै परिवर्तन गरेको छ । यसअघि चीनले एक सन्तान नीतिमा बढि जोड दिएका कारण परिवार नियोजन र जन्म नियन्त्रणका साधनमा ठूलो अनुदान दिँदै आएको थियो ।

ब्लूमबर्गका अनुसार चीनले जन्मदर बढाउन परिवार नियोजनका सामग्रीमा कर वृद्धि गर्नुका साथै परिवार शुरु गर्न चाहनेहरुलाई आर्थिक सहायताका कार्यक्रम पनि अघि सारेको छ ।

नयाँ नियम अनुसार बालबालिकाको हेरचाह गर्ने नर्सरी र शिशु कक्षा सञ्चालन गर्ने शिक्षालयमा लाग्दै आएको कर पनि घटाइनेछ । तीन वर्षयता लगातार चीनको जनसङ्ख्यामा गिरावट आएको छ ।

चीनमा सन् २०२४ मा केबल ९५ लाख ४० हजार बच्चाको जन्म भएको थियो । सन् २०१६ मा यो सङ्ख्या १ करोड ८० लाख रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ३ : ०४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने