फिल्मी बजारमा जाडो, ‘पूर्णबहादुरको सारङ्गी’पछि चल्नै छाडे | Khabarhub Khabarhub

फिल्मी बजारमा जाडो, ‘पूर्णबहादुरको सारङ्गी’पछि चल्नै छाडे


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले नेपाली फिल्मी बजार सुनसान छ । जाडो मौसम सुरु भएसँगै हलमा नेपाली फिल्म एकदुई मात्रै लागेका छन् ।

त्यसैले मनोरञ्जनबृत्तमा नेपाली फिल्मलाई चिसो लागेको चर्चाले स्थान पाएको छ । फिल्मलाई चिसो लागेको भन्नुको अर्थ ‘जाडो लागेसँगै फिल्म प्रदर्शनमा कमी आउनु’ हो ।

हलमा नेपाली फिल्म लाग्दै नलागेका भने होइनन् । देशभरका सिनेमा हलमा अहिले चारवटा नेपाली फिल्म प्रदर्शनरत छन् । तर तिनको शो एकदमै न्यू ।

मंगलबारको हकमा गत फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले एक शो पाएको छ । त्यो पनि बुटवलको हलमा । यद्यपि यो ५१ दिन मनाउन सफल र बक्स अफिसमा हिट फिल्म हो ।

पुस १० बाट प्रदर्शनमा आएको ‘देववाणी’ पनि हलमा प्रदर्शनरत छ । प्रदर्शनको दोस्रो साता पुग्दा यसले मंगलबार एक शो मात्रै पाएको छ ।

मंसिर ७ बाट प्रदर्शनमा आएको ‘तेल भिसा’ अझै हलबाट उत्रिएको छैन । बक्स अफिसमा सुखद कलेक्सनबाट यो फिल्म पनि चुकेको छ। यसले मंगलबार मात्रै १५ शो पाएको छ ।

कात्तिक १५ बाट प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म हो । यसले मंगलबार देशभर ३५ भन्दा बढी शो पाएको छ ।

त्यस्तै, हलमा चार विदेशी फिल्म प्रदर्शनरत छन् । ती हुन्– पुष्पा–२, बेबी जोन, मुसाफा र मोना–२ ।

यीमध्ये डिसेम्बर ५ बाट प्रदर्शनमा आएको ‘पुष्पा–२’ बक्स अफिसमा सुखद व्यापार गर्यो‍ । सुरुवाती दिनमा उच्च अकुपेन्सीसहित यो फिल्म चल्यो । प्रदर्शनको एक महिना पूरा हुँदा पनि मंगलबार ५५ भन्दा बढी शो यसले पाएको छ ।

डिसेम्बर २५ बाट प्रदर्शनमा आएको ‘बेबी जोन’ले अपेक्षित रुपमा नेपाली दर्शकको माया पाएन । प्रदर्शनको दोस्रो मंगलबार यसले ४० भन्दा केही बढी शो पाएको छ ।

अर्थात्, जाडो मौसम भित्रिएर वा तिहारपछि नेपाली हलमा धेरै समय टिक्न सकेका छैनन् । प्रदर्शनमा आएकाको व्यापार कमजोर छ ।

‘पूर्णबहादुरको सारङ्गी’पछिका चलेनन्

असोज र कात्तिक महिना नेपाली फिल्मी बजारका लागि सुखद सावित भयो ।

असोजमा प्रदर्शनमा आएका दुई फिल्म ‘छक्का पञ्जा’ र ‘१२ गाउँ’ले १५ करोड भन्दा बढीको व्यापार गरे ।

यी दुई फिल्म फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आए । यिनै फिल्म कात्तिक दोस्रो सातासम्म हलहरूमा दर्शकलाई ताने । त्यसबेला हलमा दर्शकको चाप बाक्लो थियो ।

कात्तिक १५ बाट ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आयो । यस फिल्मले अनपेक्षित व्यापार गर्यो‍ । कात्तिक र मंसिर दोस्रो सातासम्म यही फिल्मले हलहरू चलायमान बनायो ।

निर्माण पक्षकाअनुसार यस फिल्मले घरेलु बजारमा मात्रै ३५ करोड व्यापार गरेको छ । यो नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो ।

कात्तिक ३० मा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आयो । यो फिल्म हलमा १९ दिनसम्म टिक्यो । निर्माण पक्षकाअनुसार यसले १० करोड ग्रस कलेक्सन गरेको छ ।

६ करोड लगानी दाबी गरिएको यो फिल्मले व्यापारलाई मध्यम मान्न सकिन्छ ।

मंसिर ७ मा प्रदर्शनमा आएको ‘तेल भिसा’ले दर्शकबाट अपेक्षित साथ आउन सकेन । सुरुदेखि नै न्यून शोका साथ यो फिल्म प्रदर्शनरत छ ।

पुस ५ मा सौगात मल्ल स्टार ‘बमबहादुर’ प्रदर्शनमा आयो । यो फिल्म एक साता पनि हलमा टिकेन । पुस १० मा प्रदर्शनमा आएको ‘देववाणी’ले दर्शकलाई हलसम्म तान्न सकेन ।

‘पूर्णबहादुरको सारङ्गी’पछि अन्य महिनाको तुलनामा कम फिल्म प्रदर्शनमा आए । प्रदर्शनमा आएका फिल्मले दर्शक तानेनन् ।

के फिल्मी बजारलाई जाडो लागेकै हो त ? तर दर्शकलाई भने जाडोले हल पुग्न भने पक्कै रोकेको होइन । त्यो ‘पुष्पा–२’ले स्पष्ट पारेको छ ।

पुष्पा–२ जाडो लागेपछि नै प्रदर्शनमा आयो । दर्शकबाट साथ पनि पायो । यसबाट के प्रष्ट हुन्छ भने– दर्शकलाई हलसम्म तान्न सक्ने नेपाली फिल्म नै प्रदर्शनमा आएनन् ।

‘कार्साङ’को आशा

अब पुसको तेस्रो तथा अन्तिम फिल्मका रुपमा ‘कार्साङ’ प्रदर्शनमा आउँदै छ । पुस २६ बाट प्रदर्शनमा आउने यस फिल्ममा दयाहाङ राई, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन् ।

जितुले ‘कार्साङ’मा निर्वाह गरेको पात्र धेरै दर्शकले मन पराएका छन् । फिल्मका प्रचार सामाग्री ट्रेलर, पोस्टर र गीतले यो फिल्मको हाइप बढाएको छ ।

ट्रेलरलाई जत्तिकै फिल्मलाई पनि दर्शकले रुचाए यो फिल्म सुपरहिट हुने निश्चित छ । अब के हुन्छ त्यो हेर्ने पुष २६ कुर्नुको विकल्प छैनन् । तर, घरेलु फिल्ममार्फत हलहरुलाई चलायमान बनाउने अवसर पक्का छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ५४ बजे

दुर्गा प्रसाईंले सुरक्षाका लागि आत्मसमर्पण गरेको सचिवालयको दाबी

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य

कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध

सुर्खेत – कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात

किन गरे ट्रम्पले आयात शुल्क स्थगनको घोषणा ? अब चीनले के गर्ला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल २ का दिन घोषणा

सडकमा पुगेका शिक्षकलाई सिंहदरबारै प्यारो !

काठमाडौं– चैत २० गतेदेखि काठमाडौंको सडकमा बाजा बजाएर आन्दोलन गरिरहेका

दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य