पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप | Khabarhub Khabarhub

पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ ।

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १० विकेटको जित हात पारेको हो । विजयी टोलीका डेभिड बेडिङघमले ३० बलमा ४७ रन प्रहार गरेपछि दक्षिण अफ्रिकाले चौथो दिनमा खेल सकेको हो।

यसैगरी आइडन म्याक्रमले १४ रन जोडे । यसअघि रेन रेकिल्टनको २५९ रनको योगदानमा दक्षिण अफ्रिकाले पहिलो पारीमा ६१५ रन जोडेको थियो । १९४ रनमा सीमित हुँदै फलोअनमा परेको पाकिस्तानले दोस्रो पारीमा ४७८ रन जोडेको थियो ।

दोस्रो पारीमा सान मसुदले १४५ तथा बाबर आजमले ८१ रन जोडे । यी दुईले पहिलो विकेटका लागि २०५ रनको साझेदारी गरेका थिए।

दोस्रो टेस्टमा रेकिल्टन म्यान अफ द म्याच भए। यसैगरी मार्को जेन्सन म्यान अफ द सिरिज बनेका छन् ।

पाकिस्तानविरुद्ध दोहोरो शतकपछि दक्षिण अफ्रिकाका रेन रिकेल्टन। तस्बिरः क्रिकइन्फो

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ४९ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर