७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा « Khabarhub

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना नजिक दिङ्गे काउन्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।

भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ ।

दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ।

भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए। वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको हो।

नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्यूडको भएकम्प गएको थियो। गोरखा केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पपछि नेपालमा लागतार सानाठुला भूकम्प गएका थिए। पछिल्लो दुई महिनामा मात्र पश्चिम नेपालमा चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प पटकपटक गहिरहेको थियो।

चीन भन्छ– ६.८ म्याग्निच्युड मापन
चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) लाई उधृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाए अनुसार चीनमा यो भूकम्पको मापन ६.८ म्याग्निच्युड मापन गरिएको छ ।

चिनियाँ समय अनुसार मङ्गलबार बिहान ९ बजेर ५ मिनेटमा सिझाङ स्वायत्त प्रान्तको सिगात्सेस्थित डिंग्री काउन्टीमा भूकम्पको केन्द्रविन्दु रहेको छ । चीन र नेपालको समय करिब २ घण्टा १५ मिनेट फरक छ ।

भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको र भूकम्प १० किलोमिटर गहिराइमा गएको (सीईएनसी) ले जनाएको सिन्ह्वाको समाचारमा चाइना डेलीमा प्रकाशित छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ३० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा