काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट ठूलो क्षति भएको छ।
चिनियाँ सञ्चारमामध्यम सीजीटीएनका अनुसार अहिलेसम्म त्यहाँ भूकम्पका कारण ५३ जनाको मृत्यु भइसकेको छ । अन्य ३८ जना घाइते भएका छन् ।
चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केलको भनेको छ । भूकम्पबाट भएको भौतिक क्षतिबारे अहिलेसम्म विस्तृत विवरण नआइसके पनि कयौँ घरहरू ढलेका तस्बिर चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।
प्रतिक्रिया