युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी  « Khabarhub

 युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरेको छ । 

रूसले आफ्ना सैनिकहरूले कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरे पनि युक्रेनले दाबीलाई अस्वीकार गरेको छ । 

कुराखोवे सामरिक दृष्टिकोणले रूस–यूक्रेन सीमामा अहम् स्थान मानिन्छ । आइतबार  युक्रेलेन उक्त क्षेत्रमा जवाफी आक्रमण सुरु गरेको थियो । तत्पश्चात नै रूस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेको बीबीसीले जनाएको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा एउटा तस्बिर यतिबेला चर्चामा छ । समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको तस्बिरमा कुराखोवेमा एक सैनिकले रूसको झण्डा उठाएको देखिन्छ ।  

तर, बीबीसीले उक्त तस्बिरको पुष्टि हुन नसकेको उल्लेख गरेको छ । युक्रेनको संगठित सेनाका प्रवक्ता भिक्टर त्रिहुबोभले सोमवार बिहानसम्म युक्रेनी सेना कुराखोवेभित्र रूसी सेनासँग युद्ध गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : ३८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति