बलात्कारको मुद्दामा आशारामलाई सर्वोच्चले दियो अन्तरिम जमानत   « Khabarhub

बलात्कारको मुद्दामा आशारामलाई सर्वोच्चले दियो अन्तरिम जमानत  


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– बलात्कार आरोपमा लामो समयदेखि जेलमा रहेका आशारामलाई भारतको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

अदालतले आशारामलाई सन् २०१३ को बलात्कार मुद्दामा ‘मेडिकल ग्राउन्ड’मा अन्तरिम जमानत दिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार आसारामलाई मार्च ३१ अन्तरिम जमानत मिलेको छ । कोर्टले आशारामलाई आफ्ना अनुयायीहरूलाई भेट्न नपाउने पनि आदेश दिएको छ । 

सुरतकी एक महिलाले २०१३ मा आसारामसहित अन्य सात जनाविरुद्ध बलात्कार र शरीर बन्धक मुद्दा दायर गरेकी थिइन् । अभियुक्तमध्ये एक जनाको सुनवाइका दौरान मृत्यु भइसकेको छ । 

बीबीसीका अनुसार अहमदाबादको चांदखेडा प्रहरी चौकीमा दायर भएको उजुरीमा आशारामले २००१ से २००६ सम्म महिलामाथि अहमदाबाद सहरको बाहिरी क्षेत्रमा रहेको आश्रममा महिलामाथि बलात्कार गरेको उल्लेख छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : १४ बजे

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका