बलात्कारको मुद्दामा आशारामलाई सर्वोच्चले दियो अन्तरिम जमानत   « Khabarhub

बलात्कारको मुद्दामा आशारामलाई सर्वोच्चले दियो अन्तरिम जमानत  


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– बलात्कार आरोपमा लामो समयदेखि जेलमा रहेका आशारामलाई भारतको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

अदालतले आशारामलाई सन् २०१३ को बलात्कार मुद्दामा ‘मेडिकल ग्राउन्ड’मा अन्तरिम जमानत दिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार आसारामलाई मार्च ३१ अन्तरिम जमानत मिलेको छ । कोर्टले आशारामलाई आफ्ना अनुयायीहरूलाई भेट्न नपाउने पनि आदेश दिएको छ । 

सुरतकी एक महिलाले २०१३ मा आसारामसहित अन्य सात जनाविरुद्ध बलात्कार र शरीर बन्धक मुद्दा दायर गरेकी थिइन् । अभियुक्तमध्ये एक जनाको सुनवाइका दौरान मृत्यु भइसकेको छ । 

बीबीसीका अनुसार अहमदाबादको चांदखेडा प्रहरी चौकीमा दायर भएको उजुरीमा आशारामले २००१ से २००६ सम्म महिलामाथि अहमदाबाद सहरको बाहिरी क्षेत्रमा रहेको आश्रममा महिलामाथि बलात्कार गरेको उल्लेख छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : १४ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका