तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो « Khabarhub

तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पमा परेर तिब्बतमा मात्रै अहिलेसम्म १३० जना घाइते भएका छन् ।

चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिबारे अहिलेसम्म विस्तृत विवरण नआइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पपछि राहत र उद्धारमा सबै शक्ति लगाउन निर्देशन दिएका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मंगलबार मध्यान्ह बेइजिङ र तिब्बतस्थित सरकारी अधिकारीहरूलाई निर्देशन दिँदै राहत र उद्धारमा सबै शक्ति केन्द्रित गर्न भनेका हुन् ।

भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र चीनले अस्थायी रुपमा बन्द गरेको छ। चीन सरकारले तिब्बती मोहडातर्फको क्षेत्रबाट पर्यटकहरूलाई प्रवेशमा रोक लगाउँदै अस्थायी रुपमा बन्द गरेको सीजीटीएनले जनाएको छ। चीनमा सगरमाथालाई छ्मोलोङ्मा भन्ने गरिन्छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : २७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक