सरकार चलाउनेले अधिकार मुठ्ठीमा राख्दा संघीयता दुर्घटना पर्ने देखियो : गगन थापा « Khabarhub

सरकार चलाउनेले अधिकार मुठ्ठीमा राख्दा संघीयता दुर्घटना पर्ने देखियो : गगन थापा


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरि कानून बनाउनुपर्ने बताएका छन् ।

संघीयता सवलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले यसो भनेका हुन् ।

उनले सबै तहलाई अधिकारसम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताउँदै त्यसो गर्दा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने उल्लेख गरे ।

अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने उनको भनाइ छ । अब संघीयता कार्यान्वयनसम्बन्धी कानून बनाउन ढिलाइ गर्न नहुने उनले जोड दिएका छन् ।

महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलहरूसमेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे ।

उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रुपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने बताए ।

थापाले सरकारमा गएकाहरूले अधिकारलाई मुठ्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको बताए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : ४९ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा