सरकारको काम भाडा बढाउने, व्यवसायीको काम थोत्रा गाडीमा सकुन्जेल यात्रु कोच्ने (तस्बिरहरू) « Khabarhub

सरकारको काम भाडा बढाउने, व्यवसायीको काम थोत्रा गाडीमा सकुन्जेल यात्रु कोच्ने (तस्बिरहरू)


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा सोमबारदेखि लागु हुने गरी बढाएको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लाग यात्रुवाहक सवारी साधनको भाडामा ३ दशमलव ३ प्रतिशत वृद्धि गरेको हो ।

अहिले सरकार, यातायात व्यवसायी र यातायात मजदुरको समझदारीमा भाडा निर्धारण गरिन्छ । इन्धनको मूल्य पाँच प्रतिशतले बढे वा घटेमा भाडा तलमाथि हुन्छ ।

प्रत्येक वर्ष पाँच फरक परिसूचक, पारिश्रमिक, टायर, सञ्चालन खर्च, मूल्यह्रास र नाफाको मार्जिनका आधारमा एकैपटक सबै सूचकहरूको पुनःविश्लेषण गरिन्छ ।

तर सरकारको ध्यान भने भाडा घटाउने बढाउने मात्रै केन्द्रित छ । तर सार्वजनिक यातायात सुधारमा उसको चासो छैन ।

अहिले पनि यात्रुले सार्वजनिक यातायातमा चढ्दा अनेक सास्ती भोग्नुपर्छ । चोक चोकमा कयौँ मिनेटसम्म कुरेर पनि सजिलै चढ्न पाइँदैन ।

सहचालकहरूले धकेल्ने, घण्टौँ कुर्नुपर्नेसँगै चढेपछि पनि कोचाकोच यात्रा गर्नुपर्छ। अर्कातिर बसले सरसफाइमा पटक्कै ध्यान दिएका छैनन् ।

फाटेर हेर्नै नमिल्ने सिट प्रयोग भएका हुन्छन् । फोहोरले भरिएका सिट कभर कहिल्यै धोएका हुँदैनन् । फलाम र काँटी निस्किसकेका सिटले यात्रुका लुगा च्यातिने समस्या अर्कातिर छ ।

यातायात व्यवसायीले सवारीलाई दुरुस्त राख्ने गरी नियमित मर्मतसमेत गरेको पाइँदैन । सरकारले सिटमा मात्रै यात्रु राख्न भने पनि व्यसायीले प्यासेजमा पनि कोचेर राख्ने गर्छन् ।

यो पनि-

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : ११ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको