सरकारको काम भाडा बढाउने, व्यवसायीको काम थोत्रा गाडीमा सकुन्जेल यात्रु कोच्ने (तस्बिरहरू) « Khabarhub

सरकारको काम भाडा बढाउने, व्यवसायीको काम थोत्रा गाडीमा सकुन्जेल यात्रु कोच्ने (तस्बिरहरू)


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा सोमबारदेखि लागु हुने गरी बढाएको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लाग यात्रुवाहक सवारी साधनको भाडामा ३ दशमलव ३ प्रतिशत वृद्धि गरेको हो ।

अहिले सरकार, यातायात व्यवसायी र यातायात मजदुरको समझदारीमा भाडा निर्धारण गरिन्छ । इन्धनको मूल्य पाँच प्रतिशतले बढे वा घटेमा भाडा तलमाथि हुन्छ ।

प्रत्येक वर्ष पाँच फरक परिसूचक, पारिश्रमिक, टायर, सञ्चालन खर्च, मूल्यह्रास र नाफाको मार्जिनका आधारमा एकैपटक सबै सूचकहरूको पुनःविश्लेषण गरिन्छ ।

तर सरकारको ध्यान भने भाडा घटाउने बढाउने मात्रै केन्द्रित छ । तर सार्वजनिक यातायात सुधारमा उसको चासो छैन ।

अहिले पनि यात्रुले सार्वजनिक यातायातमा चढ्दा अनेक सास्ती भोग्नुपर्छ । चोक चोकमा कयौँ मिनेटसम्म कुरेर पनि सजिलै चढ्न पाइँदैन ।

सहचालकहरूले धकेल्ने, घण्टौँ कुर्नुपर्नेसँगै चढेपछि पनि कोचाकोच यात्रा गर्नुपर्छ। अर्कातिर बसले सरसफाइमा पटक्कै ध्यान दिएका छैनन् ।

फाटेर हेर्नै नमिल्ने सिट प्रयोग भएका हुन्छन् । फोहोरले भरिएका सिट कभर कहिल्यै धोएका हुँदैनन् । फलाम र काँटी निस्किसकेका सिटले यात्रुका लुगा च्यातिने समस्या अर्कातिर छ ।

यातायात व्यवसायीले सवारीलाई दुरुस्त राख्ने गरी नियमित मर्मतसमेत गरेको पाइँदैन । सरकारले सिटमा मात्रै यात्रु राख्न भने पनि व्यसायीले प्यासेजमा पनि कोचेर राख्ने गर्छन् ।

यो पनि-

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : ११ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी