इन्डोनेसिया ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा « Khabarhub

इन्डोनेसिया ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलले इन्डोनेसिया ब्रिक्स समूहको पूर्ण सदस्य भएको घोषणा गरेको छ । सन् २०२५ मा ब्रिक्सको अध्यक्षता गर्ने ब्राजिलले सन् २०२३ मा जोहानेसबर्ग शिखर सम्मेलनमा इन्डोनेसियाको उम्मेदवारीलाई नेताहरूले समर्थन गरेको बताएको छ ।

ब्राजिलको विदेश मन्त्रालयले ब्रिक्समा इन्डोनेसियाको प्रवेशलाई स्वागत गरेको छ । यसले इन्डोनेसिया र अन्य ब्रिक्स सदस्यहरूले विश्वव्यापी शासन संस्थाहरूको सुधारलाई समर्थन गर्ने बताएको छ ।

“ब्राजिल सरकारले इन्डोनेसियालाई ब्रिक्समा प्रवेश गरेकोमा स्वागत गर्दछ । सबैभन्दा ठूलो अर्थतन्त्र र दक्षिणपूर्व एशियामा सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रको रूपमा इन्डोनेसियाले अन्य ब्रिक्स सदस्यहरूसँग विश्वव्यापी शासन संस्थाहरूको सुधारको लागि महत्त्वपूर्ण योगदान गर्दछ,”ब्राजिलको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

इन्डोनेसियाले नयाँ सरकारको स्थापनापछि मात्र ब्रिक्समा सामेल हुने आफ्नो रुचिबारे समूहलाई औपचारिक रूपमा जानकारी गरायो ।

ब्रिक्स देशहरूले सन् २०२४ मा इन्डोनेसियाको सदस्यतालाई सर्वसम्मतिले अनुमोदन गरेको विज्ञप्तिमा भनिएको छ ।

ब्रिक्स औपचारिक समूहको रूपमा सन् २००६ मा जि–८ आउटरिच शिखर सम्मेलनको बैठक पछि सुरु भयो । सन् २००६ मा न्यूयोर्कमा विदेश मन्त्रीहरूको पहिलो बैठकमा समूहलाई औपचारिकता दिइएको थियो ।

पहिलो ब्रिक्स शिखर सम्मेलन सन् २००९ मा रूसको येकातेरिनबर्गमा भएको थियो । सन् २०१० मा न्यूयोर्कमा भएको ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरी ब्रिकलाई ब्रिक्समा विस्तार गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : ४४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको