‘दुखीआत्मा’को टिजर : जब आँचलले दयाहाङलाई मध्यराति केक काट्न बोलाउँछिन् « Khabarhub

‘दुखीआत्मा’को टिजर : जब आँचलले दयाहाङलाई मध्यराति केक काट्न बोलाउँछिन्


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई, नायक अनुपविक्रम शाही र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुखीआत्मा’को टिजर सार्वजनिक भएको छ ।

प्रणय दिवस लक्षित गरी अर्थात् फागुन २ देखि प्रदर्शनमा आउने यस फिल्मको मंगलबार ३ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा दयाहाङ, अनुपविक्रम र आँचललाई विशेष स्थान दिइएको छ । ‘छेवाङ’को भूमिकामा रहेका दयाहाङ फिल्ममा आँचलसँग आकर्षित भएको टेलरले खुलाएको छ ।

टिजरमा दयाहाङ र आँचल रोमान्टिक मुडमा प्रस्तुत छन् । फिल्मको कथा यिनै दुईको प्रेम र आकर्षण वरपर घुम्ने टिजरले संकेत गर्छ ।

टिजरमा प्रयोग भएका संवादले यस फिल्म ‘एडल्ट’ खुराक प्रशस्त समाहित भएको संकेत गर्छ।

टिजरको सुरुवातमै दयालाई आँचलले फोनमा राति १२ बजे जन्मदिनको केक काट्न बोलाउँछिन् । युवतीले राति केक काट्न बोलाउनुलाई बुद्धि तामाङले ‘गोल्डेन अपरच्युनिटी’का रुपमा अर्थ्याउँछन् ।

टिजरमा द्विअर्थी संवादले विशेष स्थान पाएको छ । आँचलले दयालाई आफ्नो शरीरको बखान गर्न लाउने क्रममा वक्षस्थल कस्तो छ ? भनेर प्रश्न गर्छिन् । दयाले भन्छन्, ‘सिन्धुलीको जुनार जस्तो ।’

समग्रमा यो टिजर यौनमनोविज्ञान वरपर घुमेको छ । फिल्ममा दयाहाङ, अनुपविक्रम, आँचल र बुद्धिसहित दिया मास्के, शिशिर वाङ्देल, रेयर राई, पुस्कर गुरुङ, कविता आले लगायतको अभिनय रहेको बताइएको छ ।

यस फिल्म दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भएको हो । क्लक वोर्क क्रियसनको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुतकर्ता र निर्माता हिमाल कडरिया हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ६ : ३३ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप