ओलीको निर्देशन- पार्टीबारे जे भन्नु छ बैठकमा भनौँ, सडकमा निस्केर कराउन पाइँदैन « Khabarhub

ओलीको निर्देशन- पार्टीबारे जे भन्नु छ बैठकमा भनौँ, सडकमा निस्केर कराउन पाइँदैन


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले पार्टीभित्रका असन्तुष्टि बैठक हलभित्रै राख्न आग्रह गरेका छन् ।

मंगलबार आठौं केन्द्रीय कमिटीको बैठकलाई समापन सम्बोधनका क्रममा अध्यक्ष ओलीले बाहिर गएर पार्टीविरुद्ध बोलेमा कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तीन दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीभित्र कुनै मत-मतान्तर नरहेको बताएको पनि उल्लेख गरेका छन् ।

‘अध्यक्षले प्रष्ट भन्नु भएको छ, पार्टीभित्र विचारधारातम्क र संगठनात्मक कुनै गुट छैन । एमालेमा कुनै मतविभाजन छैन’, गौतमले भने, ‘पार्टीका कुरा बैठकमै निर्धक्का राख्न अध्यक्षले भन्नु भएको छ । सडकबाट गएर जनमत बनाउँछु भन्ने कुरा गलत हो, त्यो स्वीकारिँदेन भन्ने कुरा उहाँले राख्नु भएको छ ।’

‌ओलीले एमालेमा कोही-कसैको गुट नरहेको बताउँदै केन्द्रीय सदस्यहरूले यस्ता कुरामा अलमलमा पर्न नहुने पनि उल्लेख गरेका थिए ।

तत्कालीन उपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नुपर्ने कारणको फेहरिस्त मंगलबार ओलीले केन्द्रीय सदस्यहरूलाई विस्तारमा सुनाएका थिए ।

‘पार्टी केन्द्रीय कमिटीमा दुईजना नेतृलाई निलम्बन र रावलाई निष्कासनको कुराबारे अध्यक्ष ओलीले विस्तृतमा ब्याख्या गर्नु भयो’, गौतमले भने, ‘भीम रावलबारेको फेहरिस्त सुनाएपछि उहाँलाई निष्कासन गर्नुको कारण पनि अध्यक्षले ब्रिफिङ गर्नु भएको छ ।’

उता स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाले मीनबहादुर गुरुङबाट जग्गा लिनुभन्दा पहिलेबाटै पार्टीविरुद्ध सार्वजनिक रुपमा कयौँ पटक बोलेको प्रमाणबारे ओलीले बताएका थिए ।

‘दुईजना महिला नेतृका सन्दर्भमा मीनबहादुर गुरुङले जग्गा दिएको प्रसंग संयोग मात्रै थियो’, गौतमले ओलीको भनाइबारे भने, ‘दुवैजनाले त्यसअघि पनि पटक पटक पार्टी निर्णयबारे सार्वजनिक रुपमा बोलेका थिए । उनीहरूले पार्टी निर्णय र नेतृत्वविरुद्ध सडकमा गएर बोलेको धेरै पटक भइसकेको थियो ।’

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : ५४ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६