६ महिना अभियान, अर्को ६ महिनापछि माओवादीको महाधिवेशन  « Khabarhub

६ महिना अभियान, अर्को ६ महिनापछि माओवादीको महाधिवेशन 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ६ महिने अभियान सञ्चालन गरेर महाधिवेशनको तयारी गर्ने भएको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले अब पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर महाधिवेशनमा जाने निर्णय गरेको हो । 

बैठकको समापनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महिना अभियान सञ्चालन गरेर अर्को ६ महिनापछि महाधिवेशन गरिने बताएका छन् । ६ महिना अभियानमा गएर आगामी असारमा केन्द्रीय समिति बैठक आयोजना गर्ने र अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने उनले घोषण गरे । 

अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने अध्यक्ष प्रचण्डको तर्क थियो । माओवादी बैठकले माघ महिनाभरि अभियानको तयारी गर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाएर ‘हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

माओवादीले चैत महिनाभरि तयारी गरेर वैशाख महिनामा हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गर्दै ‘मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले नेताहरुको एक हप्ताभित्र कार्य विभाजनलाई अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले बताएका छन् ।

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ५६ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै