छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’ टिम « Khabarhub

छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’ टिम


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुतको अभिनय रहने फिल्म ‘सोल्टिनी’को छायाङ्कन सुरु भएको छ । इलामको सानो पाथीभरा मन्दिरमा मंगलबार शुभ मुहूर्त गर्दा ‘सोल्टिनी’ टिम छायाङ्कनमा निस्किएको हो ।

निर्देशक अर्जुन सुवेदीका अनुुसार शुभ मुहूर्तमा गरिएकै मन्दिरमा प्रकाश, नायिकाहरु परीक्षा लिम्बू, सुब्बु गुरुङ र कलाकार सुन्दर धितालको महत्त्वपूर्ण अंश खिचिएको छ ।

३१ दिनको छायाङ्कन सक्ने योजनाका साथ निर्देशक सुबेदी छायाङ्कनमा निस्किएका हुन् । उनका अनुसार यो फिल्मको छायाङ्कन इलाम र भोजपुरका विभिन्न स्थानमा हुनेछ ।

यो फिल्ममा कलाकारहरुको बलियो आइनअप छ । फिल्ममा प्रकाश, परीक्षा, सुब्बु, सुन्दरसहित रवीन्द्र झा, प्रकाश घिमिरे, विल्सनविक्रम राई, कविता आलेलगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ ।

निर्माण पक्षका अनुसार प्रकाश र परीक्षा फिल्ममा जोडीको भूमिकामा छन् । यी दुईको यो पहिलो सहकार्य हो ।

समाजमा व्याप्त अमानवीय व्यवहार र जातीय भेदभावविरुद्धको कथामा यस फिल्म बन्ने निर्देशक सुबेदीको दाबी छ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं हुन् ।

चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ५८ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका