लगातार बढ्दैछ अमेरिकी डलर : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

लगातार बढ्दैछ अमेरिकी डलर : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा बढेको छ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ८३ पैसा र बिक्रीदर १४० रुपियाँ ४३ पैसा कायम भएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा र बिक्रीदर १४० रुपियाँ २५ पैसा कायम भएको थियो। युरोपियन युरो एकको खरिदर १४४ रुपियाँ ९६ पैसा र बिक्रीदर १४५ रुपियाँ ५८ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपियाँ ७८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ४९ पैसा र बिक्रीदर १५५ रुपियाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ६४ पैसा र बिक्रीदर ८८ रुपियाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४४ पैसा र बिक्रीदर ९७ रुपियाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३६ पैसा र बिक्रीदर १०३ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १८ पैसा र बिक्रीदर १९ रुपियाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ २३ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १४ पैसा र बिक्रीदर चार रुपियाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०७ पैसा र बिक्रीदर ३८ रुपियाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ५३ पैसा र बिक्री दर ३१ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ८१ पैसा र बिक्रीदर १२ रुपियाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४३ पैसा र बिक्री दर १९ रुपियाँ ५२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८ रुपियाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपियाँ १२ पैसा र बिक्रीदर ४५५ रुपियाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ९० पैसा र बिक्रीदर ३७२ रुपियाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ १८ पैसा र बिक्रीदर ३६४ रुपियाँ ७४ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ३१ बजे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश