ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय « Khabarhub

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिबन्ध वित्तीय तथा भिसासँग सम्बन्धित छ। अमेरिकी, उसका सहयोगी तथा परिवारमाथि छानबिन गर्नेलाई प्रतिबन्ध लगाइएको हो।

गत नोभेम्बरमा इजरायली प्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई गाजा युद्धका कारण वारेन्ट पत्र जारी गरेका कारण यो प्रतिबन्ध लगाइएको हो। ट्रम्पले आइसिसीमाथि प्रतिबन्ध लगाएको यो नै पहिलो पटक भने होइन। यस अघि उनले अफगानिस्तानसँगको विषयलाई लिएर प्रतिबन्धको निर्णय गरेका थिए।

सन् २०२० को जुनमा ट्रम्पले आइसिसीका वरिष्ठ अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेका थिए। उनले अफगानिस्तानमा भएको युद्ध अपराधमा संलग्न रहेको भन्दै अमेरिकी अधिकारीमाथि छानबिन भएपछि यसमा सरिक आइसिसी अधिकारी नै प्रतिबन्धको घोषणा गरेका हुन्।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ४४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल