विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल, इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता | Khabarhub Khabarhub

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल, इरानी विदेशमन्त्रीसँग टेलिफोन वार्ता


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल स्वरुप परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छिन् ।

हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।

संवादका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको बताइएको छ ।

यसअघि मन्त्री डा राणाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी सो अपिल गरेकी थिइन् ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आएकी छिन् ।

यस्तै, मन्त्री राणाले इजरायलका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् । इजरायलका लागि नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमार्फत विपिनको रिहाइका लागि आग्रह गरेका थिए । 

इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्न थालेको छ । 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : ४९ बजे

कैदीबन्दीलाई सिलाइकटाइ तालिम

मुस्ताङ– जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ

भृकुटीमण्डपमा एमालेको ‘यूथ सेलिब्रेशन’ (तस्बिरहरू)

काठमाडौं– सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको

निजी मेडिकल कलेजले सरकारको निर्णय मान्दिनँ भन्न मिल्दैन : स्वास्थ्यमन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजमा कार्यरत

भोलिको संसद्‌मा पहिलो सम्बोधन प्रधानमन्त्रीले गर्ने

काठमाडौं– संसद् अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले

कर्णालीमा चार जिल्लाका प्रहरी प्रमुख फेरिए, सुर्खेतमा सूचना अधिकारी

सुर्खेत– प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव