युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ « Khabarhub

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् ।

ढाका ट्रिब्यूनका अनुसार उनलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ अर्थात् कथित देशद्रोह आरोप लगाइएको छ। उनलाई ढाका महानगरीय प्रहरी परिसरको गुप्तचर शाखाले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी अतिरिक्त आयुक्त (डीबी) रेजाउल करीम मलिकले भने, ‘उनलाई बिहीबार राति धानमण्डीबाट पक्राउ गरिएको थियो। उनलाई देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ। आरोपको सम्बन्धमा सोधपुछ गर्न हिरासतमा राखिएको छ।’

मेहर अफरोज जमालपुर जिल्लाका अवामी लिगका पूर्व सल्लाहकार परिषद् सदस्य मोहम्मद अली र १९९६ मा अवामी लिगका सांसद तहुरा अलीकी छोरी हुन्। मोहम्मद अलीले गत निर्वाचनमा जमालपुर–५ (सदर) सिटबाट टिकट मागेका थिए ।

अभिनेत्री शानलाई जमालपुर सदर उपजिल्लाको नरुन्दी रेलवे स्टेशन क्षेत्रमा उनको बुबाको घरबाट पक्राउ गरिएको थियो। उनलाई साँझ साढे ६ बजे पक्राउ गरिएको हो ।

उनी पक्राउ परेको केही समयअघि जमालपुरमा बसोबासरत परिवारमाथि आक्रमण पनि भएको थियो, त्यसक्रमा उनको घर पनि जलाइएको थियो ।

बंगलादेशमा मोहम्मद युनुसको सरकार सत्तामा आएदेखि नै विपक्षीलाई पक्राउ गरिँदै आएको छ ।

बंगलादेशमा मेहर फिल्मी जगतका ती अभिनेत्री हुन्, जसले खुलेर आफ्नो बयान दिन्छिन्। यही नै उनको गिरफ्तारीको कारण बनेको स्थानियले बताएका छन् ।

समाचारअनुसार मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारको आलोचना गरेकाले उनीमाथि देशद्रोह आरोप लगाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ३५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको