कैलालीको गोदावरीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए « Khabarhub

कैलालीको गोदावरीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको गोदावरीमा आमाछोरी एकसाथ मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमाछोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मीरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्र सिंह बोहराले बताए ।

उनकाअनुसार बिहीबार साँझ साढे ७ बजे घरमै आमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनकी छोरी पासो काटेको अवस्थामा भुइँमा मृत भेटिएकी छन् ।

मृतक मीराका सहोदर देवर नरेश विकले घरभित्र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घटनाका बेला उनकी सासू पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।

दुवैजनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीमा पछिल्लो समय एकपछि अर्को अपराधिक घटना भइरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : २४ बजे

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय