काम गर्नेलाई गफ गर्नेसँग तुलना गर्न मिल्दैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

काम गर्नेलाई गफ गर्नेसँग तुलना गर्न मिल्दैन : उपप्रधानमन्त्री सिंह


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। 

शुक्रबार काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए। 

‘संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’ उनले प्रश्न गरे , ‘तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुपर्‍यो ! राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गरे। 

यसैगरी उनले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए। 

उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौँ क्षेत्र नं १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ३९ बजे

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल