कञ्चनपुरका आरक्ष विस्थापितको समस्या समाधान गर्न माग | Khabarhub Khabarhub

कञ्चनपुरका आरक्ष विस्थापितको समस्या समाधान गर्न माग


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिसभाको पाँचौँ अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्ष विस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् । 

समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुई वटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच फिल्ड भिडाएर सरकारलाई सर्वसम्मत प्रतिवेदन बुझाएको छ ।   

‘साविकको नापी बदर गरी चक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गरेर समस्या समाधान गर्नुपर्ने सुझाव समितिको छ,’ साउदले भने, ‘म सम्मानीत सदनमार्फत् प्रतिवेदन अविलम्ब कार्यान्वयन गरेर समस्याको समाधान गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद साउदका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७, ९ र १० मा आरक्ष विस्तारका लागि जंगल फडानी गरी आरक्षपीडित र सुकुम्वासीलाई जग्गा वितरण गरेर बसोबास गराइएको थियो । तीनवटै वडामा गरी एक हजार दुईसय घर परिवार रहेका उनले जानकारी दिए । 

‘त्यतिबेला कतिपय ठाउँमा स्थलगत निरीक्षण नगरी कित्ताकाट हुँदा फिल्डमा रहेको स्वामित्व र लालपुर्जामा रहेको स्वामित्वमा फरक पर्दा बिक्री वितरण र नियन्त्रणमा गम्भीर विवाद उत्पन्न भएपछि नेपाल सरकारले सिडिओको अध्यक्षतामा दुई पटक समस्या समाधान समिति गठन गरेको थियो,’ साउदले भने, ‘ती समितिले काम नगरेपछि हालै मन्त्रालयस्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नापजाँच तथा फिल्ड भिडाइ सर्वसम्मत प्रतिवेदन बुझाएको छ ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ५८ बजे

सत्ता अभ्यासका लागि नेवाः राष्ट्रिय परिषद् गठन

काठमाडौं– नेवाः हरुको सत्ता अभ्यासका लागि भन्दै नेवाः राष्ट्रिय परिषद्

पूर्वराष्ट्रपति भण्डारीको चिन्ता- युवालाई देशमा राख्नै गाह्रो भयो, सन्तोष गर्ने ठाउँ छैन

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हाईस्कुल पास गरेपछि युवाहरू देशमा बस्नै

४० प्रतिशत किशोरीले ‘एचपीभी’ खोप लगाए

काठमाडौं– सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने

वर्तमान सरकार उल्टो बाटोतीर : अध्यक्ष केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले वर्तमान सरकार