फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई दियो फाइटर जहाज « Khabarhub

फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई दियो फाइटर जहाज


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

किभ– फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई अत्याधुनिक लडाकु विमान दिएको छ । रुससँगको जारी लडाइका लागि फ्रान्सबाट मिराज २०००–५ लडाकु विमान र नेदरल्यान्ड्सबाट एफ–१६ लडाकु विमानहरू युक्रेनको सैन्य क्षमता बढेको जनाइएको छ ।

फ्रान्सेली रक्षा मन्त्री सेबास्टियन लेकोर्नुले एक्सको  एक पोस्टमा मिराज जेटहरूको स्थानान्तरणको पुष्टि गरेका छन् । उनले भने, ‘लडाकु विमानहरू युक्रेनी पाइलटहरूले उडान गरेका थिए, जसले फ्रान्समा महिनौँदेखि प्रशिक्षण गरिरहेका थिए।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत गर्मीमा युक्रेनलाई मिराज विमान दिने वाचा गरेका थिए। ‘युक्रेनी आकाश अधिक सुरक्षित हुँदैछ,’ रक्षामन्त्री रुस्तम उमरोभले फेसबुकमा एक पोस्टमा भनेका छन् ।

पहिलो फ्रान्सेली मिराज २०००–५ लडाकु विमान तथा नेदरल्याण्डबाट एफ– ३५ को आगमनलाई स्वागत गर्दै उमरोभले भने, ‘यी आधुनिक लडाकु विमानहरू युक्रेनमा आइपुगिसकेका छन् र चाँडै लडाई अभियानहरू सञ्चालन गर्न थाल्नेछन्, हाम्रो रक्षालाई बलियो बनाउँदै र रुसी आक्रमणको प्रभावकारी रूपमा सामना गर्ने हाम्रो क्षमता बढाउने छ ।’

युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई उनको नेतृत्व र समर्थनको लागि धन्यवाद दिएका छन ।

 ‘फ्रान्सका राष्ट्रपतिले आफ्नो वचन पुरा गर्नुभएको छ र हामी यसको कदर गर्छौं,’ जेलेन्स्कीले भने।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : ३५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट