दोलखामा पीपीआरविरुद्ध भ्याक्सिन दिन सुरु  | Khabarhub Khabarhub

दोलखामा पीपीआरविरुद्ध भ्याक्सिन दिन सुरु 


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले बिहीबारदेखि जिल्लाका नौवटै स्थानीय तहमा पीपीआर भ्याक्सिन दिन थालेको छ।

कार्यालयले यस वर्ष दुई नगरपालिका र सात गाउँपालिकामा गरी एक १ लाख ९२ हजार चार सय भेडा बाख्रालाई  पीपीआर भ्याक्सिन दिन सुरु गरेको हो।कार्यालयले बिहीबार देखि भ्याक्सिन सहित ३२ जना भ्याक्सिननेटर (खोप कर्ता) खटाएर खोप कार्यक्रम सञ्चालन गरेको जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा कार्यालय दोलखाका प्रमुख एवं पशु चिकित्सक डा. ज्ञानबहादुर जिरेलले बताए।

जस अनुसार जिल्लाको भिमेश्वर नगरपालिका भित्रका २५ हजार भेडा बाख्रालाई पीपीआर भ्याक्सिन लगाईने छ भने,अन्य आठवटा पालिकामा एक पालिका बराबर २० हजार भेडा बाख्रालाई भ्याक्सिन लगाइने कार्यालय प्रमुख जिरेलले बताए। ३२ जना भ्याक्सिनेटर बिहीबारदेखि नै फिल्डमा पुगेर भ्याक्सिन दिन थालेको उनले बताए।

प्रमुख जिरेलले केही खोप कार्यालयमा स्टक रहेकाले नपुग भएका स्थानीय तहमा आवश्यकताका आधारमा वितरण गरिने समेत जानकारी दिए । उनले सुरुमा भिमेश्वर नगरपालिका २५ हजार सहित एक लाख ८५ हजार भ्याक्सिन सम्बन्धित पालिकामा पठाइएको बताए।सरकारले यो खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।

नेपाल सरकारले निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ । नेपाल सरकारले ०५८र२०५९ देखि राष्ट्रिय पीपीआर रोग नियन्त्रण कार्यक्रममार्फत बर्सेनि भेडा बाख्रामा खोप लगाउँदै आएको छ,’ उनले भने, पीपीआर भेडा बाख्रामा लाग्ने महामारी रोग हो।

नेपालमा यो रोगको सङ्क्रमण देखा परेदेखि पशुधनको व्यापक क्षति हुँदै आएको छ ।डेढ दशकअघि पहिलो पटक धनुषामा यो रोगको प्रकोप देखिएको थियो । त्यसपछि क्रमशः अन्य सबै जिल्लामा पनि देखा पर्न थालेको हो ।

यो भ्याक्सिन लगाएपछि एक वर्षसम्म खसी–बाख्राको इम्युनिटी पावर बढ्छ । जसले पीपीआर रोग लाग्न दिँदैन । रोगी भेडा बाख्रालाई भ्याक्सिन दिइँदैन । पीपीआर लागेका भेडा बाख्रामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँस नखाने र उग्राउन छाड्ने, आँखामा कचेरा लाग्ने र बाक्लो सिंगान बग्ने, निमोनिया हुने, पेटको बलले सास फेर्ने, गिजा र मुखभित्र घाउ देखिने र छेरौटी लाग्ने जस्ता लक्षण देखिने हुँदा खसी बाख्रा तथा भेडालाई अनिवार्य भ्याक्सिन लगाउनुपर्ने पशु सेवा कार्यालयका पशु प्राविधिक प्रकाश थापाले बताए।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : ३६ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले