सत्ता अभ्यासका लागि नेवाः राष्ट्रिय परिषद् गठन « Khabarhub

सत्ता अभ्यासका लागि नेवाः राष्ट्रिय परिषद् गठन


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवाः हरुको सत्ता अभ्यासका लागि भन्दै नेवाः राष्ट्रिय परिषद् गठन गरिएको छ । काठमाडौंको कालिमाटीमा शुक्रबार कार्यक्रम आयोजना गरेर नेपाः मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय परिषद्को सचिवालय गठन गरिएको हो ।

संयोजक सायमीले विज्ञप्ति जारी गरेर नेवाः लगायत ऐतिहासिक राष्ट्रियताहरू माथि इतिहासदेखि कायम रहेको औपनिवेशिकताबाट मुक्त गरेर सार्वभौमिकताको अभ्यास गर्ने परिषद्को मुख्य राजनीतिक कार्यभार रहने जनाएका छन् । 

सचिवालय सदस्यहरुमा रविन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जिवपती श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान र बेवी राज भण्डारी रहेका छन् । 

नेवाः सभ्यता विश्वकै प्राचीन सभ्यताहरू मध्येको एक मानिन्छ । वर्तमानको कतिपय समृद्ध मुलुकहरू पत्ता नलाग्दै नेवाःहरूले चीन, मंगोलिया, कोरिया, जापान तथा तीब्बतलाई आफ्नो समृद्ध ज्ञान परम्पराले प्रभावित पारिसकेको बताइन्छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ०२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर