शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा : पूर्वराष्ट्रपति भण्डारी


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा हुनुपर्ने बताएकी छन् । अरूणोदय माध्यमिक विद्यालयको ६०औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘अरूणोदय स्मारिक लोर्कापण’ कार्यक्रममा अबको शिक्षा राष्ट्रलाई आर्थिकरूपमा समृद्ध बनाई विकास गर्ने खालको हुनुपर्ने बताइन्।

‘शिक्षालाई देशको विकास र राष्ट्रिय आवश्यकतासँग जोड्न जरुरी छ, शिक्षालाई मुलुक विकासको खम्बा बनाउनुपर्छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकार स्थिर छ, यो बेलामा शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न जरुरी छ, जसले रोजगारीको खोजीमा भौतारिएका युवालाई रोजगार दिन सकोस् ।’

नेपाली शिक्षाको देशको माटो, स्रोतसाधनको अधिकतम प्रयोग गर्ने खालको हुनुपर्ने र शिक्षामा अधिकतम सूचना प्रविधिको प्रयोग गरी उत्पादनमा जोड्नुपर्ने उनको भनाइ थियो । अहिले नयाँ पुस्तालाई देशमा राख्नै कठिन भएको र विगतमा खचाखच हुने विद्यालय आजभोलि सुनसान हुने परिस्थिति देखा परेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘समय परिवर्तन भएको छ, आन्तरिक बसाइँसराइ पनि बढ्दो छ, सूचना प्रविधिको अधिक विकास भएको छ, यो सबै हेरेर शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ ।’ 

कार्यक्रममा अरूणोदय माध्यमिक विद्यालयमा पढी राष्ट्रको विभिन्न ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुलीलगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले अरूणोदय स्मारिक लोर्कापण–२०८१ को लोकार्पण गरेकी थिइन् । उक्त स्मारिकामा विद्यालयको स्थापना कालदेखि हालसम्मको इतिहास समेटिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीले जानकारी दिए।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ४२ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष