टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो « Khabarhub

टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ । टोखा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार टोखा नगरपालिका–५ वडा कार्यालय नजिक वसुन्धरामा निर्माण गरिएको अवैध संरचनामा डोजर लगाएको हो।

टोखाले सार्वजनिक जग्गामा निर्माण गरिएका घर टहरा हटाउन माघ २४ गतेसम्म समय दिए पनि उक्त समयमा निर्माण गरिएका संरचना नहटाएपछि आज बिहानै डोजर लगाएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए। संरचना हटाएर खाली गरिएको जग्गामा चारैतिर तारबार लगाउने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए।

टोखाले यसअघि विष्णुमती नदीको आसपासमा खोला मिचेर निर्माण गरिएका संरचना हटाएर विष्णुमती ‘करिडोर’ निर्माणको कामलाई अगाडि बढाइसकेको छ । 

नगरपालिकाले नयाँ बसपार्क क्षेत्रको विष्णुमती खोला वरपर सार्वजनिक स्थानमा राखिएका व्यापारीका टहराहरू पनि हटाई सार्वजनिक जग्गाको संरक्षण कार्य सुरु गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ५८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने