शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत « Khabarhub

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी गीत बनेको छ । गायिका शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत शुक्रबार १० करोड क्लबमा प्रवेश गरेको हो ।

शान्तिश्रीले यो गीत वि.सं. २०८० को तीजमा सार्वजनिक गरेकी थिइन्‌ । डेढ वर्षको अवधिमा यो गीतले १० करोड भ्युज पाएको हो ।

यससँगै गायिका परियार सबैभन्दा बढी भ्युज पाउने लोक दोहोरी गायिका बनेकी छन् । यसभन्दा अघि कुनै पनि लोक दोहोरी गीत १० करोड क्लबमा प्रवेश गरेका थिएनन् । यो लोक दोहोरी गीतको नयाँ कीर्तिमान हो ।

यस गीतको भिडियोमा गायक प्रकाश सुपुत र मोडल अञ्जली अधिकारी फिचर्ड छन् । नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको सङ्गीत रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : ५२ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर