पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता « Khabarhub

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ ।

पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसाथ आरम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोह फाल्गुन ३ गते शनिवार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा गर्न लागिएको हो ।

घोषणा समारोह तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मूलआयोजक समिति, एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ उपसमिति गठन गरिएका छन् ।

यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व छ ।

भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहद झाँकी र्‍याली निकालिनेछ ।

पोखरा भ्रमण वर्षको औपचारिक घोषणा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्‌ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : ३२ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई