एमाले मोरङमा संस्थापनलाई धक्का, आधा मत गणना हुँदा विद्रोही पक्षको प्यानल नै अगाडि « Khabarhub

एमाले मोरङमा संस्थापनलाई धक्का, आधा मत गणना हुँदा विद्रोही पक्षको प्यानल नै अगाडि


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ।

४३९ मतगणना गरिसक्दा अध्यक्षसहित पाँचजना पदाधिकारीमा कोशी प्रदेशको अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता बनाउँदै लगेको छ।

अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले अहिलेसम्म २२५ मत ल्याएका छन्। उता ओली र महासचिव शंकर पोखरेलसहितको साथ पाएका राजकुमार ओझा २०२ मतसहित पछ्याउँदैछन्।

उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले २२८ मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले १८२ मत ल्याएकी छन्।

उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले २३० मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले १८० मत पाएका छन्।

उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले २३९ मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी १६३ मत पाएका छन्।

अर्कातिर महिला सहसचिवमा संस्थापन पक्षीय शिल्पा निराला कार्कीले २०७ मत पाएकी छन्। उनकी प्रतिद्वन्द्वी उशा झा भने तीन मतले पछाडि छन्। उनले २०४ मत पाएकी छन्। महिला सहसचिव बाहेक सबै पदमा संस्थापन पक्ष पछाडि परेको हो।

अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। आधा भन्दा बढी मत गणना हुँदा विद्रोही समूहको प्यानलले अग्रता कायम राखेको देखिन्छ।

एमालेको जिल्ला अधिवेशन नेताहरूका लागि प्रतिष्ठाको विषय बनेको छ। ढकाललाई एमालेका शीर्ष नेताहरू लागेर कोशी प्रदेश अध्यक्षमा हराएका थिए। उनी घनश्याम खतिवडासँग पराजित भएका थिए।

कुनै बेला ओलीकै संरक्षण पाएका ढकाल कोशी प्रदेशको चुनावपछि किनारा पारिएका थिए। यस्तो अवस्थामा कारबाही गरिएका सागर थापासहितलाई जुटाएर ढकालले एमाले मोरङको चुनावमा आफ्नो प्यानल खडा गरेका थिए। ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि संरक्षण मिलेको बताइन्छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५० बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण