बंगलादेशका मुशफिकुरको एक दिवसीय क्रिकेटबाट सन्यास « Khabarhub

बंगलादेशका मुशफिकुरको एक दिवसीय क्रिकेटबाट सन्यास


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् ।

बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले सन्यासको घोषणा गरेका छन् । मुशफिकुरको एक दिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन् ।

मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आज एक दिवसीय क्रिकेटबाट सन्यास लिँदैछु । हाम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा उपलब्धिहरू कम छन् । तर जब म देशको लागि खेले, म पूर्ण समर्पण र इमानदारीका साथ खेले । पछिल्ला केही हप्ताहरू मेरा लागि धेरै गाह्रो भएको छ ‘ ।

मुशफिकुर रहिम बंगलादेशका लागि दोस्रो सर्वाधिक एक दिवसीय रन बनाउने खेलाडी हुन् । उनले २७४ एक दिवसीय खेलमा ७७९५ रन बनाएका छन् । जसमा ९ शतक र ४९ अर्ध शतक समावेश छन् । साथै, उनी २५० भन्दा बढी एक दिवसीय खेल खेल्ने केवल ५ विकेटकिपरमध्ये एक हुन् । रहिम सूचीमा चौथो स्थानमा छन् ।

उनले २०२२ को टी-२० विश्वकपपछि ३७ वर्षीय मुशफिकुरले टी-२० बाट सन्यास लिएका थिए । उनले टेस्ट क्रिकेट भने खेल्ने बताएका छन् । अहिलेसम्म ९४ टेस्ट खेलेका छन् । यदि रहिमले १०० टेस्ट खेले भने, उनी यो आंकडामा पुग्ने पहिलो बंगलादेशी खेलाडी बन्नेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ४२ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति