बंगलादेशका मुशफिकुरको एक दिवसीय क्रिकेटबाट सन्यास « Khabarhub

बंगलादेशका मुशफिकुरको एक दिवसीय क्रिकेटबाट सन्यास


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् ।

बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले सन्यासको घोषणा गरेका छन् । मुशफिकुरको एक दिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन् ।

मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आज एक दिवसीय क्रिकेटबाट सन्यास लिँदैछु । हाम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा उपलब्धिहरू कम छन् । तर जब म देशको लागि खेले, म पूर्ण समर्पण र इमानदारीका साथ खेले । पछिल्ला केही हप्ताहरू मेरा लागि धेरै गाह्रो भएको छ ‘ ।

मुशफिकुर रहिम बंगलादेशका लागि दोस्रो सर्वाधिक एक दिवसीय रन बनाउने खेलाडी हुन् । उनले २७४ एक दिवसीय खेलमा ७७९५ रन बनाएका छन् । जसमा ९ शतक र ४९ अर्ध शतक समावेश छन् । साथै, उनी २५० भन्दा बढी एक दिवसीय खेल खेल्ने केवल ५ विकेटकिपरमध्ये एक हुन् । रहिम सूचीमा चौथो स्थानमा छन् ।

उनले २०२२ को टी-२० विश्वकपपछि ३७ वर्षीय मुशफिकुरले टी-२० बाट सन्यास लिएका थिए । उनले टेस्ट क्रिकेट भने खेल्ने बताएका छन् । अहिलेसम्म ९४ टेस्ट खेलेका छन् । यदि रहिमले १०० टेस्ट खेले भने, उनी यो आंकडामा पुग्ने पहिलो बंगलादेशी खेलाडी बन्नेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ४२ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय