बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बारा– बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।

आज बिहान सवा ३ बजे कलैया बघवन स्थित   बरियारपुरबाट कलैया तर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक यादव  गम्भीर घाइते भएका थिए।

उनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि लागिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेको घोषणा गरेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शव गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ०० बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज