अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने « Khabarhub

अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग वार्ता हुने जानकारी दिएका हुन् । 

जेलेन्स्कीले यो वार्ता महत्त्वपूर्ण हुने आशा व्यक्त गरेका छन् । जेलेन्स्कीले आफूले भने यी वार्ताहरूमा भाग लिने छैनन् । उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस(युक्रेन युद्ध अन्त्य गर्न शान्तिको मोडलमा छलफल गर्न चाहेको बताएका छन् ।

गत शुक्रबार, ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसको क्रममा ट्रम्पले जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको बताएका थिए ।

यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ र गुप्तचर जानकारी साझा गर्न पनि बन्द गरेको छ । युक्रेनी राष्ट्रपतिले घटनाप्रति दु:ख व्यक्त गरेका छन् र देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

बिहीबार, विटकफले ट्रम्पले जेलेन्स्कीबाट माफी र कृतज्ञता सहितको पत्र प्राप्त गरेको बताए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रण गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १० : ५७ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट