‘जनताले फ्याँकेको राजतन्त्रका नाममा समय खेर नफालौँ’ | Khabarhub Khabarhub

‘जनताले फ्याँकेको राजतन्त्रका नाममा समय खेर नफालौँ’


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय राजावादी र पूर्वपञ्चहरूको सक्रियताले गणतन्त्रवादीहरू असहज महसुस गर्न थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरू राजावादीको गतिविधिलाई लिएर चिढिन थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राजावादीको गतिविधिबारे औपचारिक रुपमा बोलेका छैनन् । तर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखिसकेका छन् ।

खासगरी गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशपछि राजावादीहरूको सक्रिया बढेको छ भने गणतन्त्रवादीहरूमा चिसो पसेको छ ।

सरकारले जनतालाई परिणाम दिन चुकिरहेका बेला राजावादीहरूले दुई दिनअघि काठमाडौंमा मोटरसाइकल र्‍याली निकाले । नारायणहिटी अगाडि जम्मा भएका उनीहरूले गणतन्त्रवादीहरूलाई झस्काउने गरी आन्दोलन थाल्ने बताए ।

यस्तोमा दुई कम्युनिष्ट दलका नेताहरूले पूर्वराजालाई राजतन्त्र फर्किने भ्रम पालेर नबसी बरू लोकप्रियता जाँच्न चुनाव लडेर देखाउन चुनौती दिए ।

यहीबीचमा शुक्रबार एमाले महासचिव शंकर पोखरेलले जनआन्दोलनबाट हटाइएको राजतन्त्रका नाममा गरिने बहसलाई समयको बर्बादी भनेका छन्।

उनले २५० वर्षसम्म जनता झेलेको राजतन्त्रका नाममा अब मूल्यवान समय खेर फाल्नु ठीक नहुने बताएका हुन् ।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन’, उनले भनेका छन्, ‘अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जनआन्दोलनबाट फ्याँकिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौँ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : २८ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका