प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख « Khabarhub

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् । 

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद्मा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफू जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका हुन् । 

प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको आधार भएको उनले बताए । 

सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे ।

कुनै पनि कानूनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको उनले बताए । 

उनले विगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ अवसर खोज्नका लागि सरोकारवाला निकायबीच समन्वय हुनुपर्ने जिकिर गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा रोजगारी सिर्जना गर्ने, सरकारलाई कर तिर्ने पूर्वाधार बनाउने काम अभिसाप हो की जस्तो देखिएको बताए । 

उनले पूर्वाधार निर्माणमा राजनीतिक नेताहरूकै विरोध आउने गरेको भन्दै यसले समाजमा राम्रो सन्देश नजाने जिकिर गरे।

ढकालले पूर्वाधार निर्माणमा अवरोध भए समृद्ध नेपालको अभियान सफल हुन नसक्ने बताए । कार्यक्रममा विभिन्न संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : २२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको