इटहरीमा हुँदै ‘इस्टर्न टुरिजम मार्ट’, कोशीको पर्यटन उक्सिने विश्वास « Khabarhub

इटहरीमा हुँदै ‘इस्टर्न टुरिजम मार्ट’, कोशीको पर्यटन उक्सिने विश्वास


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड महामारीपछि थलिएको पूर्वी नेपालको पर्यटनलाई उकास्ने उद्देश्यले इटहरीमा तीन दिने इस्टर्न टुरिजम मार्ट हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाको आयोजनामा उक्त पर्यटन मेला हुन लागेको हो । मेलामा भारतका बङ्गाल, बिहार र सिक्किम तथा र भुटानकासमेत एक सय बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुने मेला आयोजक समितिका अध्यक्ष देवी गौतमले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहँदा मार्टले पर्यटनको प्रवर्द्धन गर्नेछ । मार्टमा कोशी प्रदेशभर रहेका पर्यटकीय गन्तव्य बारे जानकारी दिने एक सय ५० वटा स्टल राखिनेछन् ।

‘कोशी प्रदेशको पर्यटनको विकास र प्रवर्द्धनका लागि यो एउटा एकीकृत प्रयास हो’ गौतमले भने, ‘हाम्रो क्षेत्रमा मुख्य भारतीय पर्यटकहरूको मुख्य चासो रहेको हुँदा उनीहरूको चाहना र हाम्रो सम्भावना तथा सेवा बारे जानकारी आदान–प्रदान नै मुख्य लक्ष्य हो ।’

इटहरीको सोल्टी होटेलमा हुने मार्टको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् । कोशी प्रदेशबाट पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरूबाट पर्यटन सम्बद्ध स्टलमार्फत समग्र कोशी प्रदेशको सम्भावना उजागर हुने आयोजक समितिका सचिव वासुदेव बरालले बताए ।

उनका अनुसार फागुन २६ गते धरान, भेडेटार, वराहक्षेत्र, कोशीटप्पु, रामधुनी लगायतका स्थानहरूको भ्रमण कार्यक्रम रहको छ ।

कार्यक्रममा चौधरी समुदायको घर र पहाडी समुदायको घर आकर्षणको रूपमा रहने छ । यसका साथै पूर्वको पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्ने व्यवसायीहरूलाई पर्यटन अवार्डद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार तीन दिनसम्म चल्ने कार्यक्रममा करिब ६० लाख खर्च हुनेछ । नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाले आधा खर्च बेहोर्ने छ भने बाँकी आधा खर्च निजी क्षेत्रले बेहोर्ने सहमति छ ।

‘कोभिडपछि पर्यटन व्यवसायी अत्तालिएका छन्’ बरालले भने ‘यस्ता मेला–महोत्सवले व्यवसायीलाई उत्साह भर्नेछ । पर्यटन क्षेत्रमा नेट्वर्किङ स्थापित भएर दिगो पर्यटन व्यवसाय सञ्चालनको आधार बन्ने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : २२ बजे

सशस्त्र प्रहरीका जवानसहित दुईजना दुई दिनदेखि बेपत्ता, महाकालीमा फेला पर्‍यो ट्युब

अमरगढी– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुईजना

सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

खाँदबारी– सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा

‘शेन्झोउ–२१’  अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता

बेइजिङ– चीनको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु,

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार

वासिङ्टन– अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न

थाइल्यान्डमा समातिएकी तुलसीलाई सोमबार अदालतमा पेश गरिँदै

काठमाडौं – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा थाइल्यान्डबाट शनिबार