सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ « Khabarhub

सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरी प्रहरीले लागूऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ।

प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ ।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे साहको गोदाममा छापा मारी गाँजा बरामद गरेको हो ।

यस क्रममा उक्त गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा-१० का ६६ वर्षीय रामनारायण यादव पक्राउ परेका छन् ।

यादव उक्त घरमा भाडामा बस्दै आएका थिए। उनलाई २१ गते दिउँसो ४ बजे गोदाम घरअगाडिबाट पक्राउ गरिएको खतिवडाले बताए ।

सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी गाँजा ओसारपसार तथा भण्डारणबारे जानकारी दिएको छ।

प्रहरी उपरीक्षक खतिवडाले यादवले भारत तस्करी गर्ने प्रयोजनका लागि गाँजा भण्डारण गरेर राखेको बताए।

‘उनले कहाँबाट यति ठूलो परिमाणमा गाँजा जम्मा पारे अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘यो गाँजा भारत तस्करीका लागि राखिएको भन्ने हामीले बुझेका छौँ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ३४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेट अभाव हुन दिन्नौँ : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत,

विजय र अञ्जनाको भावुक अवतारमा ‘सिन्दुरे जात्रा’को फर्स्टलुक सार्वजनिक

काठमाडौं– ‘पूर्णबहादुरको सारङ्गी’बाट दर्शकको मन जितेको जोडी विजय बराल र

आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट आफूलाई हटाएर मनोजकुमार केसीलाई

आमा-छोरीको द्वन्द्वमा आधारित फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक

काठमाडौं– आमा र छोरीको सम्बन्ध सधैँ माया र आत्मीयताले मात्र

‘डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लियौँ’

काठमाडौं– डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न