सञ्चारमन्त्री भन्छन्- पूर्वराजाले आफ्नो हैसियत बिर्सिए, अरू देशमा भए जेलमा हुन्थे | Khabarhub Khabarhub

सञ्चारमन्त्री भन्छन्- पूर्वराजाले आफ्नो हैसियत बिर्सिए, अरू देशमा भए जेलमा हुन्थे


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल उदार मुलुक भएकोले व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको स्मरण गराए । उनले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।

नेपाल उदार मुलुक भएको भन्दै व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको टिप्पणी गरेका छन् ।

‘यो मुलक त २४०-५० भन्दा बढी बर्षसम्म जनतालाई शोषण गरेको राजतन्त्र र परिवारलाई व्यवस्था उल्टिएपछि उनीहरू सबै जेलमा बस्नुपर्ने हो, उनीहरूको सम्पत्ति जफत गर्नुपर्ने हो’, गुरुङले भने, ‘तर हामीले उनलाई सुरक्षाको प्रबन्ध गरेर नागार्जुन दरबारमा राखेका छौँ । आज उनैले यो व्यवस्थाप्रति कटाक्ष गर्दै, म फेरि फर्कन्छु भनेर जुन हर्कत गरिरहेका छन्, उनले आफ्नो हैसियत बिर्सेको हो, हामीले गरेको उदार प्रबन्ध भुलेको हो ।’

राजाले संसारका कुनै पनि देश बचाउन नसकेको तर्क उनले गरे । ‘राजाले कसरी देश बचाउँछ ? दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने त्यो राजा, दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने त्यो राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जायस हुदैन’, उनले भने, ‘जहाँ प्रतिष्पर्धाको कुनै गुन्जायस हुँदैन, जहाँ एउटा कुलमा जन्मेको कारण ३ करोड जनतामध्ये सबैभन्दा योग्य ठहरिन्छ । त्यसको शासनमा हामी बस्नुपर्न बाध्य परिन्छ, त्यस्तो व्यवस्थाको वकालत गर्दै हिँड्ने लोकतन्त्रवादी हुन् की होइनन् विचार गर्नुपर्छ ।’

मन्त्री गुरुङले राजतन्त्र गएको राजसंस्थाको गल्तीकै कारण राजतन्त्र गएको बताए । उनले अर्को कारणका रुपमा सामन्ती उत्पादन प्रणाली बिघटन भएकोले राजसंस्था गएको उल्लेख गरे ।

मन्त्री गुरुङले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि त्यो सीमामा हुनुपर्ने बताए । लोकतन्त्रमा पनि सीमा भएको उल्लेख गर्दै आफ्नो अधिकार प्रयोग गर्दा सीमाभित्र रहेर गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ४४ बजे

तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै 

काठमाडौं– तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन्

गृहमन्त्री भन्छन्- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन  

सुर्खेत– गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका

गृहमन्त्रीबाट आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण

सुर्खेत– गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको

तारिख बुझ्न रवि लामिछाने कास्कीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख