कर्णालीका मानिसले महाभारत युद्धमा घुँएत्रो हानेपछि जहाँ छोयो, त्यहीँ छेड पार्‍थ्यो : प्रधानमन्त्री « Khabarhub

कर्णालीका मानिसले महाभारत युद्धमा घुँएत्रो हानेपछि जहाँ छोयो, त्यहीँ छेड पार्‍थ्यो : प्रधानमन्त्री


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मानिसले महाभारत युद्ध लडेको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीका मानिसहरूको लामो इतिहास रहेको बताएका हुन् ।

कर्णालीका मानिसहरू महाभारत युद्ध लड्न गएको बताए । ‘यहाँका मानिसहरू महाभारतका लडाइँमा गएका थिए । यहाँका मानिसले घुइत्रो हानेपछि जहाँ छोयो, त्यही छेड पार्थे,’ उनले भने, ‘यहाँको सभ्यताको लामो इतिहास छ । हाम्रा पुर्खाहरूले कैलाश पर्वत मानसरोवर नाम राखेका थिए ।’

त्यस अवसरमा प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति ओलीबाट विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् ।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : ४२ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५