कर्णालीका मानिसले महाभारत युद्धमा घुँएत्रो हानेपछि जहाँ छोयो, त्यहीँ छेड पार्‍थ्यो : प्रधानमन्त्री « Khabarhub

कर्णालीका मानिसले महाभारत युद्धमा घुँएत्रो हानेपछि जहाँ छोयो, त्यहीँ छेड पार्‍थ्यो : प्रधानमन्त्री


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मानिसले महाभारत युद्ध लडेको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णालीका मानिसहरूको लामो इतिहास रहेको बताएका हुन् ।

कर्णालीका मानिसहरू महाभारत युद्ध लड्न गएको बताए । ‘यहाँका मानिसहरू महाभारतका लडाइँमा गएका थिए । यहाँका मानिसले घुइत्रो हानेपछि जहाँ छोयो, त्यही छेड पार्थे,’ उनले भने, ‘यहाँको सभ्यताको लामो इतिहास छ । हाम्रा पुर्खाहरूले कैलाश पर्वत मानसरोवर नाम राखेका थिए ।’

त्यस अवसरमा प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति ओलीबाट विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् ।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : ४२ बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने