लागू होला सय रूपैयाँ रिचार्ज गर्दा ५० पैसा बीमामा जाने व्यवस्था ? « Khabarhub

लागू होला सय रूपैयाँ रिचार्ज गर्दा ५० पैसा बीमामा जाने व्यवस्था ?


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अस्तव्यस्त भइरहँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सय रुपैयाँको रिचार्ज गर्दा ५० पैसा बीमामा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेपछि धेरैले चासो देखाइरहेका छन् । 

विभिन्न अस्पतालमा सेवाबापतको अर्बौँ रकम तिर्न बाँकी रहँदा सरकारले त्यसको आधा रकम पनि निकासी नगरेपछि अहिलेकै अवस्थामा सञ्चालन गर्न स्रोत जुटाउनेतर्फ सोच्ने बेला आएकाले मन्त्रीको प्रस्ताव उत्तम विकल्प हुने विज्ञहरूले औँल्याएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न योजना अगाडि बढाइरहेका स्वास्थ्यमन्त्री पौडेलले अहिलेकै अवस्थामा असहज हुने संकेत पनि पटक–पटक गर्दै आएका छन् । 

झापामा फागुन १८ गते आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफू मन्त्री भएर आउँदा बीमाको अघिल्लो वर्षको दायित्व ११ अर्ब रहेको र चालु आर्थिक वर्षको बजेटमा बीमाका लागि जम्मा साढे सात अर्ब मात्र छुट्टयाइएको बताएका थिए । 

‘अघिल्लो वर्षको भुक्तानी पुग्ने गरी बजेट छुट्टिएको छैन । अब यो वर्ष कसरी खर्च सञ्चालन गर्ने ? त्यसैले यदि बीमा यही एक लाखबाट चलाउने र यसरी नै चलाउने हो भने सरकारले बजेट भाषणमा ४० अर्ब रुपैयाँ बीमालाई विनियोजन गर्नुपर्छ,’ उनको भनाइ थियो, ‘अहिले जम्मा साढे ७ अर्ब छ । ६ गुणा ज्यादा विनियोजन गर्नुपर्छ । कि त ४० अर्ब विनियोजन गर्नुपर्‍यो ।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बीमा कार्यक्रम अगाडि लैजान मन्त्रालयले अहिले विकल्पको खोजी गरिरहेको जानकारी दिए 

‘बीमाका लागि बजेट पुगेन, सरकारले पनि यसमा चासो दिएन । त्यसैले यसका विकल्पहरू के–के छन् भनेर रिचार्जबाट हुन्छ कि डिजेल, पेट्रोलबाट हुन्छ कि चुरोटमा लाग्ने करबाट हुन्छ की भनेर विकल्पहरू मात्रै ल्याइएको हो,’ उनले खबहबसँग भने । 

प्रवक्ता बुढाथोकीले स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक र अध्यक्ष नियुक्त भएपछि मात्रै प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

‘मन्त्रीज्यू इनोभेटिभ विचार र योजना ल्याउनुहुन्छ । तर सरकारले कुन रूपमा लिएर निर्णय गर्छ भन्ने कुरा मुख्य छ,’ प्रवक्ता बुढाथोकीले भने ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ०५ बजे

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण