इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु « Khabarhub

इक्वेडरमा गोली हानाहान, २२ जनाको मृत्यु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुयाक्विल-इक्वेडरको लागूपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबीच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले विज्ञप्तिमा पहिले १२ जनाको मृत्यु भएको बताएको थियो । 

एक प्रहरी स्रोतका अनुसार गोली हानाहानमा लस टिगेरोन्स नामक गिरोहका विरोधी समूहहरू संलग्न थिए । उक्त  गिरोह यस पहिले शान्तिपूर्ण देशमा सबैभन्दा शक्तिशाली गिरोहमध्ये एक हो ।

इक्वेडर लागूऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न अनुमानित २० आपराधिक गिरोहहरूको घर हो । यिनीहरूले विश्वको सबैभन्दा ठूला कोकिन उत्पादकहरू पेरु र कोलम्बियाबीचमा रहेको एक करोड ८० लाख जनसङ्ख्या भएको इक्वेडरमा विनाश मच्चाइरहेका छन् ।

पछिल्ला वर्षहरूमा इक्वेडर गुयाक्विल जस्ता बन्दरगाहहरू मार्फत संयुक्त राज्य अमेरिका र युरोपमा कोकिन पठाउने अन्तर्राष्ट्रिय कार्टेलहरूको द्रुत प्रसारको बीच हिंसामा डुबेको छ । उदाहरणका लागि हत्याको दर सन् २०१८ मा प्रति एक लाख बासिन्दामा छ बाट बढेर सन् २०२३ मा रेकर्ड ४७ पुगेको छ ।

विशेषज्ञहरूका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन् ।

गुयाक्विल गुयास प्रान्तको राजधानी हो । यो सात प्रान्तमध्ये एक हो र यहाँ सरकारले अपराधीहरूसँग लड्दै गर्दा पछिल्लो दुई महिनादेखि आपत्कालीन अवस्था लागू गरेको छ ।

गत महिना राष्ट्रपति डानियल नोबोआले स्पष्ट नगरिएका मित्र राष्ट्रहरूलाई यो लडाइँमा मद्दत गर्न विशेष बलहरू पठाउन अनुरोध गर्ने बताएका थिए ।

अप्रिल १३ मा नोबोआले वामपन्थी लुइसा गोन्जालेजको सामना गर्ने निर्वाचनका लागि इक्वेडरले तयारी गरिरहेको बेला पनि हिंसा कम भएको छैन । –रासस

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ४ : २१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने