आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, तीन जनासँग मागियो धरौटी « Khabarhub

बराह सहकारीमा अर्बौँ ठगी

आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, तीन जनासँग मागियो धरौटी



सुनसरी– धरानस्थित बराह सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका ११ जनामध्ये ८ जनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अन्य तीनजनालाई धरौटीमा रिहा गर्न आदेश भएको छ।  

११ जनाकै बयान सकिएपछि दुई दिनअघि थुनछेकको बहस सुनेर अदालतले उक्त आदेश जारी गरेको हो । धरानस्थित बराह बचत तथा ऋण सहकारीमा सर्वसाधारण बचतकर्ताको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ हिनामिना गरेको उजुरी परेपछि प्रहरीले ११ जनालाई पक्राउ गरेर अभियोग पत्र दर्ता गरेको थियो । 

सुनसरी जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्रजङ्ग राणाकाअनुसार १ नम्बर इजलासका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले ८ जनालाई थुनामा पठाउन र ३ जनालाई जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

पक्राउ परेकामध्ये पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरूमा बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेकी पूर्वश्रीमती रिना राई, सञ्चालक समिति सदस्य फूलमाया राई, ऋण उपसमिति सदस्य शेरबहादुर महत, अस्मिता भण्डारी, पूर्वसञ्चालक र लेखा सुपरीवेक्षण संयोजक सुदीन विक, ऋण उपसमिति पुर्वसदस्य याम्बा भनिने इन्द्रकुमार ल्वागुन र लेखापाल अर्पणा श्रेष्ठ छन् । 

यसैगरी जनही ५ पाँचलाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश पाउनेहरूमा बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया, बराह सहकारी र बराह ग्रुपका प्रशासन प्रमुख गङ्गा कालिकोटेकी श्रीमती सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधार छन् । 

प्रहरीले २ सय १० जना ऋणी सहित २ सय ६२ जनालाई सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा कारबाही गर्न अघिल्लो बिहीबार मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दायर भएकामध्ये ३५ जनालाई सङ्गठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ । बराह ग्रुपका ५ वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने गरी प्रतिवादी बनाइएको छ ।

४ हजार १ सय ६८ जना पीडितहरूले बराह सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको आरोप लगाउँदै सहकारीका सञ्चालक, शेयर सदस्य र बराह कम्पनीका पाँच कम्पनीका विभिन्न व्यक्तिविरुद्ध २ सय ८१ वटा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको संयोजकत्वमा बनेको टोलीले छानबिन तथा अनुसन्धान गरेको थियो । 

प्रहरी निरीक्षक अधिकारीको टोलीले ४ सय ४० पेजको अभियोग पत्र दर्ता गर्दै  कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको थियो । 

बराह सहकारी र बराह ग्रुपका सञ्चालकहरूका श्रीमती, पुर्वश्रीमती र नातेदार पक्राउ गरे पनि मुख्य व्यक्तिहरू अझै फरार सूचीमा रहेका छन् । 

फरार सूचीमा बराहका सर्वेसर्वा, अध्यक्ष धरान–१२ घर भई काठमाडौं–२२ बस्ने ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने), बराह ग्रुपका संस्थापक ३६ वर्षीया मन्दिरा लामिछाने विश्वकर्मा, बराह ग्रुप र तीनले संचालन गर्ने विभिन्न कम्पनीका सञ्चालक धरान–११ बस्ने ४९ वर्षीय मानवहादुर विश्वकर्मा, धरान–८ बस्ने ४९ वर्षीय हरिकुमार धमला विश्वकर्मा, काठमाडौं–२२ बस्ने ३७ वर्षीय प्रकाश लाम्गादे, धरान–११ बस्ने ४४ वर्षीय शुभराज खाती, झापाको बुद्धशान्ती–२ बस्ने ४५ वर्षीय विकास लाम्गादे, धरान १२ बस्ने ३७ वर्षीय सुरेश विक, धरान १६ बस्ने ४५ वर्षीय पूर्णवहादुर कालिकोटे विश्वकर्मा लगायत रहेका छन् ।

प्रहरीले प्रतिवादीहरूलाई नेपाल लगायत अन्य मुलुकको सहयोगमा खोजबिन गर्ने काम भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार कसुरको गम्भीरतालाई हेरेर अभियोग लगाइएको र खोजबिनको लागि विशेष टोली परिचालन गरिएको बताए ।  

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ३९ बजे

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक